नेपालमा आज २३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

Spread the love

काठमाडौं, असार २८ (ई–रैवार)

नेपालमा आज थप २३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० जनागरी २ हजार ३७० जनामा कोरोना संक्रमण देखिएको हो ।

देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ जना रहेका छन्। पछिल्लो २४ घन्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ।