कांग्रेस सभापति देउवाले बोलाए सानेपामा पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए सानेपामा पदाधिकारी बैठक
Spread the love

काठमाडौं, असार २८ (ई–रैवार)

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो कांग्रेस पदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको जानकारी दिएका हुन ।

बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६-१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ ।

रमेश लेखक संयोजक रहेको ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्‍याएको छ । समितिका प्रवक्ता प्रदीप पौडेलले असार मसान्तसम्म क्रियाशील सदस्यताको काम सकिने जानकारी दिए ।