अछाम, असार २२ (ई–रैवार)
अछामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । अछाम जिल्लालाई सोमबार नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मानबहादुर खड्काले जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित कार्यक्रममा अछाम जिल्लालाई साक्षर जिल्ला घोषण गरेका हुन् ।
जिल्लामा ९५ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षरता अभियान जिल्ला समन्वय समिति अछामको आयोजनामा औपचारिक कार्यक्रमका बिच सोमबार साक्षर जिल्ला घोषणा गरिएको हो ।
अछाम जिल्लाका १० वटै पालिकाहरू यस अघि नै साक्षर पालिका घोषणा भइसकेका थिए ।


