जीवन बोहरा
जोरायल असार १२(ई-रैवार): जोरायलका युवाहरुको पहलमा बोधित्वा बिहार नामक सामाजिक सस्थाले घण्टेश्वर स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सो संस्थाले बिकास चन्द ठकुरी, किरण रावल, प्रेम मल्ल र दिपजङ्ग मल्लको पहलमा कोरना भार्इरसको रोकथाम र प्रतिकार्यका लागि सो सामाग्री प्रदान गरेको हो ।
उक्त सामाग्री घण्टेस्वर स्वास्थ्य चौकीका प्रमुख चन्द्र महता र वडाध्यक्ष भजनसिँङ मल्ललाई शनिबार एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ ।
उपलब्ध सामाग्रीहरुमा अक्सीजन सिलिण्डर, अक्सीमिटर, फरहेड थर्मोमिटर, सुगर चेक गर्ने मेसिन, ब्लड प्रेशर मेसिन, फेस शिल्ड, ट्रान्सफर्मर गगल्स, सर्जिकल ग्लब्स, ह्याण्ड वासर, सेनिटाईजर लगायतका सामाग्रीहरु रहेको जनाईएको छ । सो सामाग्री करिब पाँचलाख बराबरको रहेको जनाईएको छ ।
यस्तै शुक्रबार प्राथमिक स्वास्थ्य चौकी चनकट्टे लाई दुईलाख ५० हजार वरावरको सामाग्री पनि प्रदान गरिएको दिपजङ्ग मल्लले जानकारी दिए ।


