काठमाडौँ, जेठ २४ (ई-रैवार)
नेपालमा आज थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनामापरीक्षण गर्दा ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९०, सुनसरीमा २११, ललितपुरमा १९०, मोरङमा १७५, सिन्धुपाल्चोकमा १६२, काभ्रेपलाञ्चोकमा १३६, भक्तपुरमा १३५, चितवनमा १३१, कास्कीमा १३०, गोरखामा १२९, धनुषामा ११५ र सुर्खेतमा १०३, रुपन्देहीमा ८०, रोल्पामा ७५, नुवाकोटमा ७१,पाल्पामा ७०, नवलपरासी पूर्वमा ५७, धादिङमा ५३, मकवानपुरमा ४४, दाङमा ४१, महोत्तरीमा ३९, कञ्चनपुरमा ३२, झापामा ३१, संखुवासभामा २७, तेह्रथुम र लमजुङमा २६/२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै दैलेखमा २३, कपिलवस्तुमा २१, स्याङ्जामा १९,सिन्धुलीमा १६, कैलाली र डोटीमा १५/१५ जना, धनकुटा र तनहुँमा १४/१४ जना, रौतहट र सप्तरीमा १३/१३ जना, जुम्लामा १२, उदयपुर,पर्सा र सिरहामा १०/१० जना, गुल्मीमा ९, अर्घाखाँची र नवलपरासीमा ८/८ जना, रसुवा र बर्दियामा ६/६ जना, बारा, पर्वत र प्युठानमा ५/५ जना, सल्यानमा ४, खोटाङ, पाँचथर, भोजपुर र बाँकेमा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु र दोलखामा २/२ जना तथा ओखलढुंगा, म्याग्दी, जाजरकोट, मुगु र बैतडीमा १/१ जनामा कोरोनजा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ पुगेको छ । क्वारेन्टाइनमा ७१८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।


