नेपालमा आज ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

Spread the love

काठमाडौँ, जेठ १९ (ई-रैवार) 

नेपालमा आज थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जनागरी ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१/१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

कञ्‍चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१,कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३,सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्‍चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा २९, सप्तरी र अछाममा २८/२८ जना, तनहुँ र दार्चुलामा २३/२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२/२२ जना,गुल्मीमा २०,गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५/१५ जना, दोलखामा १३, पर्सा र प्‍युठानमा ११/१ जना तथा रूकुम पश्‍चिममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७/७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५/५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३/३ जना, रूकुम पुर्व र सल्‍यानमा २/२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना कोरोना संक्रमितकोे संख्या  ५ लाख ७१ हजार १ सय ११ जना पुगेको छ । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ४ लाख ६१ हजार ५ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ । तीमध्ये १ लाख १ हजार ९९३ जना आइसोलेसनमा र ८ सय ३७ जना क्‍वारेन्टाइनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म मृतकको संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।