काठमाडौं, जेठ ९ (ई-रैवार)
नेपाली कांग्रेस सहित तिन दलको संसदीय दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने आज बिहान ११ बजे भएको हो ।
विपक्षी गठबन्धन आज संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाँदैछ । संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीका लागी बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको नेताहरुले बताएका छन् । त्यसअघि उनीहले संसदीय दलको बैठक आह्वान गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिपक्षी सर्वोच्च जान लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।
हिजो बसेको विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुको हस्ताक्षरसहित अदालत जाने बताएका थिए ।


