सुदूरपश्चिम प्रदेशमा आइतबार १०५७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आइतबार १०५७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु
Spread the love

धनगढी, जेठ २ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आइतबार १०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १८२० नमूना पीसीआर र ऐन्टिजेन विधिबाट ३७६ जनागरी २१९६ परीक्षण गर्दा १०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ११३६ नमूना परीक्षण गर्दा ६९९ जना, महाकाली अस्पतालमा ११४ नमूना परीक्षण गर्दा ७५ जना, डडेल्धुरा अस्पतालमा १०२ जनाको नमूना परीक्षण गर्दा २४ जना, बैतडी अस्पतालमा १८८ जनाको नमूना परीक्षण गर्दा ५६ जना, डोटी अस्पतालमा ८१ जनाको नमूना परीक्षण गर्दा २७ जना र जिल्ला अस्पताल बझाङमा १९९ जनाको नमूना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९७ हजार ४५० नमूना परीक्षण गर्दा ३० हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१७ जना संक्रमितले जितेका छन्। सुदूरपश्चिम प्रदेशभर संक्रमण पुष्टि भएका १६ हजार २२० जनाले कोरोना संक्रमितले जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, त्यस्तै डडेल्धुरा र बझाङका २/२ जना, यस्तै बैतडी, अछाम र दार्चुलाका १/१ जना संक्रमितको ज्यान गएको छ। अहिले सम्म कोरोना संक्रमणबाट ३३४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।