काठमाडौँ, वैशाख ३१ (ई-रैवार)
नेपालमा आज थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गर्दा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सुर्खेतमा २८८, चितवनमा २८७, कास्कीमा २८४, कञ्चनपुरमा २२३, सुनसरीमा १९७, काभ्रेपलाञ्चोकमा १६८, मकवानपुरमा १५६, दाङमा १४४, धनुषामा १४१, पर्सामा १३८, गुल्मीमा ११७ र पाल्पामा १०८, कैलालीमा ९७, गोरखामा ९०, झापा र बाँकेमा ८७/८७ जना, ताप्लेजुङमा ८१, सिन्धुली र अछाममा ७७/७७ जना, नवलपरासी पूर्वमा ७४, धादिङमा ७३, नुवाकोट ६७, रौतहटमा ६५, बैतडीमा ६४, सिन्धुपाल्चोकमा ६२ र जाजरकोटमा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सल्यानमा ५९, रोल्पामा ५७, पर्वतमा ५३, कपिलवस्तुमा ४७, म्याग्दीमा ४६, बारामा ४५, धनकुटामा ४३, रामेछाप र डडेल्धुरामा ४२/४२ जना, महोत्तरीमा ३४, सप्तरी, स्याङ्जामा ३१, लमजुङमा ३०, सिरहामा २९, रूकुम पश्चिममा २७, अर्घाखाँचीमा २४ तथा सोलुखुम्बु र दोलखामा २१/२१ जना, बर्दियामा १९, सर्लाहीमा १६, कालिकोट १५, जुम्लामा १४, डोटीमा १३, तनहुँमा १२, उदयपुरमा ११, बागलुङमा १०, दैलेखमा ८, ओखलढुंगामा ७, तेह्रथुममा ८, रसुवा र नवलपरासीमा ५/५ जना, खोटाङ र भोजपुर, संखुवासभामा ४/४ जना, प्युठानमा ३, इलाम र पाँचथरमा २/२ जना तथा रूकुम पूर्व र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १९२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।



