काठमाडौँ, वैशाख २७ (ई-रैवार)
नेपालमा आज थप ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षण गर्दा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् । निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।


