नेपालमा आज ५ हजार ६५७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

नेपालमा आज ५ हजार ६५७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
Spread the love

काठमाडौँ, वैशाख १७ (ई-रैवार) 

नेपालमा आज थप ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा १३३, ललितपुरमा ४१९ र काठमाडौंमा २४०४ जना गरी दुई हजार ९ सय ५६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ बर्षसम्मका बालबालिका १३९ जना र १० देखि १९ बर्षका ३६७ जना छन् ।

पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक १ हजार ३८९  जना छन् । त्यस्तै २० देखि २९ सम्मका १ हजार ३७२ जना, ४० देखि ४९ बर्षका १०५० जना, ५० देखि ५९ का ७३९ जना, ६० देखि ६९ का ३४९ जना, ७० देखि ७९ का १६२ जना ८० देखि ८९ का ५० जना ९० देखि १०० वर्ष उमेरका ४ जना  र उमेर नखुलेका ३६ जना  छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २४ लाख ७३ हजार ९ सय ५६ पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।