काठमाडौँ, वैशाख १६ (ई-रैवार)
नेपालमा आज थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जनागरी ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हो । ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२, ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ वर्षसम्मका बालबालिका ८९ जना र १० देखि १९ वर्षका २९५ जना छन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २० देखि २९ वर्षका नागरिक १ हजार २६७ छन् ।
त्यस्तै ३० देखि ३९ सम्मका १ हजार २६० जना, ४० देखि ४९ वर्षका ८७४ जना, ५० देखि ५९ का ५५२ जना, ६० देखि ६९ का २९० जना, ७० देखि ७९ का १२६ जना, ८० देखि ८९ का ४० जना, ९० देखि १०० वर्ष उमेरका ३ जना र उमेर नखुलेका ४५ जना छन् ।
योसँगै हालसम्म नेपालमा कोभिड १९ संक्रमितको कूल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२८ कोभिड १९ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ ।
गत २४ घण्टामा ८८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ८८.२ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । यो संख्या कोभिड संक्रमण अवधिकै उच्च हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।



