नयाँ दिल्ली, वैशाख ४ (ई-रैवार)
भारतमा एकैदिन दुई लाख ३४ हजार कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार कोरोना भाइरस संक्रमित थपिएका हुन ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३४१ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म एक लाख ७५ हजार ६४९ को मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४५ लाख २६ हजारभन्दा बढी पुगेको छ । भारतमा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।


