बारा फागुन ८(ई-रैवार)
मालपोत कार्यालय बाराका प्रमुखसहित दुईजना घुस रकम सहित पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ लाख घुस रकमसहित पक्राउ गरेको हो।
शुक्रबार टंगालबाट खटिएको अख्तियारको टोलीले सिमरा उपमहानगरपालिका(२२ जर्गा होटलबाट दुबैलाई पक्राउ गरेको हो। दुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेको अख्तियारले जनाएको छ।
मालपोत कार्यालयका प्रमुखसहित दुइजना घुससहित पक्राउ


