प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक
Spread the love

धनगढी,पुस १३ (ई-रैवार) 

प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकारलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भनिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनीने अमर रानालाई प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भन्दै सार्वजनिक गरिएको हो। उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

कैलालीको तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।