सम्पर्क विहीन भएका मालाखेतीका प्रहरी नायव उपरीक्षक चौधरी जिल्ला तानिए

सम्पर्क विहीन भएका मालाखेतीका प्रहरी नायव उपरीक्षक चौधरी जिल्ला तानिए
Spread the love

धनगढी, मंसिर १० (ई–रैवार)

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी जिल्ला तानिएका छन । मंगरबार राती ८ घण्टासम्म सम्पर्कविहीन भएपछि उनलाई जिल्ला तानिएको हो ।

जिल्लालाई कुनै जानकारी नगराइ सम्पर्क विहीन भएका चौैधरीलाई जिल्ला तानिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

डिएसपि चौधरीलाई आवश्यक कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गर्ने बताउदै उनले चौधरी जिल्ला तानिएपनि तत्काल उनको ठाउँमा कसैलाई नखटाइएको बताए । ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेवारी दिईएको छ ।

गएराती ९ बजेदेखि चौधरी सम्पर्कविहीन भएका थिए । उनको खोजी गर्दै गर्दा बुधबार बिहान बुढीतोलाको होटलमा सकुसल भेटिएका थिए ।

के हो घटना ? 

ईलाका प्रहरी कार्यालय मालाखेतीका ईन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी बुढीतोलको होटेलबाट युवती सहित भेटिएको  खुलेको छ । मंगलबार रातिदेखि सम्पर्क विहीन भएका उनी बुढीतोलाको एक होटेलको कोठामा युवती सहित भेटिएको स्रोतले जनाएको छ । एकाएक सम्पर्क विहीन भए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईएको र प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । सो टोलीले प्रहरी नायव उपरीक्षक चौधरीलाई आज बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला पारेको थियो । स्रोतका अनुसार उनी ‘केटी’ सहित एक होटलमा भेटिए पनि युवती सहित रहेको कुरा भने प्रहरीले लुकाएको छ ।  ‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला । यता सम्पर्क विहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले भन्यो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहंले नायव उपरीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताए । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए । प्रहरी वरिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं । उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’

उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ ।