अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, बामदेवलाई मन्त्री बन्न बाटो खुला

अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, बामदेवलाई मन्त्री बन्न बाटो खुला
Spread the love

काठमाडौं,कार्तिक २६  (ई-रैवार)

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

यसअघि गत असोज ७ मा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय खारेजको माग गर्दै अभिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको छ । यसअघि असोज १४ र १६ मा उनको मुद्दा संवैधानिकको इजलासमा दुबैतर्फका कानुन व्यवसायीहरुको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।