सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण
Spread the love

धनगढी,कार्तिक १५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशकाआन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो ।

सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले सामाजिक संजाल मार्फत कोभिड-१९ को संक्रमणमा परियो भनेर जानकारी दिएका छन । छिटो पराजित गरेर सामान्य जीवनमा फर्किने बिश्वासका साथ, निकट सम्पर्कमा रहेका मित्रहरुलाई स्वास्थ परिक्षण गरेर आइसोलेसनमा रहन अनुरोध समेत गरेका छन ।

मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।