आइपिएल : दिल्लीविरुद्ध मुम्बईले पहिला बलिङ गर्दै

आइपिएल : दिल्लीविरुद्ध मुम्बईले पहिला बलिङ गर्दै
Spread the love

एजेन्सी,कार्तिक १५ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णण् लिएका हुन् ।

मुम्बईले आज टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर हार्दिक पान्ड्यालाई आजको खेलमा विश्राम दिएको छ । जयन्त यादवलाई आजको खेलमा मौका दिएको छ । त्यस्तै जेम्स प्याटिन्सनको स्थानमा नाथन कुल्टर नाइललाई मौका दिएको छ ।

दिल्लीले आज टोलीमा तीन परिवर्तन गरेको छ । दिल्ली आज युवा लेगस्पिनर प्रविन दुवेलाई डेब्यु गराएको छ । अजिंक्या रहाणेको स्थानमा पृथ्वी शालाई मौका दिएको छ । तुषार देशपान्डेको स्थानमा हर्षल पटेललाई मौका दिएको छ । दुबेको डेब्युको दिल्लीको स्पिन आक्रामण बलियो बनेको छ । दुबेलाई डेब्यु गराउँदा अक्षर पटेललाई बेन्चमा राखेको छ ।

मुम्बई आजको खेलमा विजयी भए क्वालिफायर र दिल्ली विजयी भए प्लेअफमा स्थान पक्का गर्ने छन् । मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक जोड्दै तेस्रो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २५ खेल भएको छ । जसमा मुम्बई १३ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।

मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड (कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, जयन्त यादव, सौरभ तिवारी , नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, प्रविन दुबे, कागिसो रबाडा, एनरिच नोर्किया र हर्षल पटेल ।