सायल गाउँपालिकामा अरिङ्‍गालले चिल्दा दिदी-बहिनीको मृत्यु

सायल गाउँपालिकामा अरिङ्‍गालले चिल्दा दिदी-बहिनीको मृत्यु
Spread the love

डोटी, कार्तिक १२ (ई-रैवार)

अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका १, छपालीमा अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनीषा र ३ वर्षीया सिर्जना रहेको जनाएको छ ।

घरनजिकैको रुखमा बसेको अरिङ्‌गालले टोकेर (चिलेर) सख्त घाइते भएका दिदीबहिनीलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिएका छन् ।