सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३८ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३८ जनामा कोरोना पुष्टि
Spread the love

धनगढी, कार्तिक २ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४ सय ६४ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  कैलालीका २५ सहित ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २/२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४–४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।