डडेल्धुराको अमरगढी नगरपालिका सिल

डडेल्धुराको अमरगढी नगरपालिका सिल
Spread the love

डडेल्धुरा, २१ असोज ।  

अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिल गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि डडेल्धुराको अमरगढी नगरपालिका  सिल गरिएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीको  कोरोना संक्रमण देखिएको नगर प्रमुख विशेश्वर प्रसाद ओझाले  बताए ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले जानकारी दिए । अर्कोे निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको उनले बताए । अन्य  कर्मचारीको पनि स्वाब संकलन गर्ने तयारी  रहेको  उनले जानकारी दिए ।