काठमाडौं, असोज १६ (ई-रैवार)
भारतमा कोरोना भाइरसको संक्रमणबाट ९९ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै संक्रमणबाट ९९ हजार ८ सय ४ जनाको मृत्यु भएको हो ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म भारतमा पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोना संक्रमणबाट नै मृत्यु हुन थालेको छ ।
वर्ल्डोमिटर्सका अनुसार दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म ८१ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ५सय ३ जनाको उपचार भइरहेको छ ।


