काठमाडौं,असोज ११ (ई–रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संघीय सरकारको मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आइतबार मध्यान्ह १२ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मध्यान्ह बस्न गइरहेको बैठकका लागि शनिबार रातिनै मन्त्रीहरुलाई खबर गरिएको बताइएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले जनाएको छ । सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार गरी सातामा दुई दिन बस्दै आएको छ ।
मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । दुबै नेताबीच आइतबार बिहान ९ बजेदेखि छलफल भएको थियो । दुबै नेताबीच मन्त्रीहरुको नाम टुग्याउने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।


