काठमाडौं, असोज ३ (ई–रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेका छन् । मोरङमा ६८, रौतहटमा ५१, सर्लाहीमा ५६, काठमाडौंमा ७७, मकवानपुरमा ३७ तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौंका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् । योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।


