कांग्रेस महामन्त्री डा. कोइरालाको आईसीयूमा राखेर उपचार हुँदै

कांग्रेस महामन्त्री डा. कोइरालाको आईसीयूमा राखेर उपचार हुँदै
Spread the love

काठमाडौं, भदौ ३१ (ई-रैवार)

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोभिड ­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिएका छन ।

स्पतालका प्रबन्ध सञ्चालक कार्कीका अनुसार महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसीयूमा राखेर उपचार गरिरहेका छौं”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।