काठमाडौं पुस । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।
घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् । 


