विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक
Spread the love

काठमाडौं असोज हिन्दू धर्माबलम्बीको महान चार्ड बडा दशैं नजिकिँदैछ । दशैंको महत्वपूर्ण दिन विजया दशमीमा टीका लगाउने उत्तम साइत कति बेला भन्ने चासोको विषय बन्ने गर्दछ ।

पञ्चांग निर्णायक समितिले नेपालमा विजया दशमीको टीका थाप्ने उत्तम समय असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम भनेर घोषणा गरेको छ ।

योसँगै विदेशमा रहेका नेपालीले पनि टीकाको उत्तम समयको विषय सोधेपछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी नै गरी देश अनुसारको टीकाको साइत उल्लेख गरेको छ ।

जसअनुसार भारतमा अक्टोवर ०२ मा ११ बजेर ४९ मिनेटमा, अमेरिकाको न्यूयोर्कमा अक्टोबर १ मा ११ बजेर २५ मिनेटको साइत उत्तम रहेको उल्लेख गरेको छ ।

क्यानाडाको टोरन्टोमा अक्टोबर १ मा ११ बजेर २९ मिनेटको समय उत्तम मानिएको छ । कतारमा अक्टोबर २ मा बिहान १० बजेर १३ मिनेट दक्षिण कोरियाको सियोलमा अक्टोबर २ को बिहान १० बजेर ५७ मिनेटमा उत्तम मानिएको छ ।

कुन देशको कुन शहरमा टीकाको साइत भन्ने थाहा पाउन तलको तालिका हेर्नुहोस् ।