पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि

पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि
Spread the love

बाजुरा असार १६(ई-रैवार)
पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि भएको छ । बुढिनन्दामा भेटिएको करङ उनको रहेको पुष्टि भएसंगै उनको मृत्यु भएको पुष्टि भएको हो ।
२०७५ भदौ ९ गते बाजुरको बुढिनन्दा मेलाबाट फर्कने क्रममा उनी बेपत्ता भएका थिए । बुढीनन्दा क्षेत्रहरुकै एक ठाउँमा २०७६ मंसिर महिनामा दुईवटा करङ, उनको झोला र आईडी कार्ड भेटिएको थियो ।
झोला र आईडीकार्ड उनको भएपनि करङको बिषयमा स्पष्ट नखुल्ला उनको अवस्थाबारे कुनै पुष्टि भएको थिएन् ।
भेटिएको करङ नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि पठाइएको थियो । प्रयोगशालाको रिपोटमा तेजु खडकाको मिल्दोजुल्दो भएको र उनकै करङ रहेको रिपोर्टमा पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
बाजुरा प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले खोजि गर्ने क्रममा १ बर्ष पछि भेटिएको २ वटा करङ पत्रकार खड्काकै रहेको बताए ।
दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भएका खड्का रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमा काम गर्दै आएका थिए । सोही क्रममा २०७५ भदौ ९ गते बाजुराको बुढिनन्दा मेलाबाट फर्कने क्रममा उन िबेपत्ता भएका थिए ।