पिसिआरका लागि आवश्यक पर्ने ‘भिटिएम-किट’ नेपालमै उत्पादन सुरू

पिसिआरका लागि आवश्यक पर्ने ‘भिटिएम-किट’ नेपालमै उत्पादन सुरू
Spread the love

काठमाण्डौं जेठ १२(ई-रैवार)

कोराना भाइरस संक्रमण भए-नभएको विश्वसनिय परीक्षण पिसिआर मानिदै आएको छ । पिसिआर परीक्षण गर्न  लागि ‘भिटिएम-किट’ अत्यावश्क पर्छ। यहि किटको अभावमा हाल नेपालमा ठुलो मात्रामा पिसिआर परीक्षण हुनसकिरहेको छैन ।

यो भिटिएम किटको विश्वब्यापी अभाव भईरहेको अवस्थामा विदेशबाट आयात गर्नुपर्दा नेपालले अभाव झेलिरहेको हो ।

यस्तो यहि भिटिएम किट अव नेपालमै उत्पादन सुरू भएको दाबी गरिएको छ । दाबीअनुसार नेपालमै उत्पादन सुरू गरी परीक्षण पछि प्रयोगमा ल्याउने तयारी भईरहेको छ ।

वीरगंजमा रहेको एभरेष्ट प्यारेटेन्टल्स प्रालिले भिटिएम किटको उत्पादन गरेको हो। कम्पनीले उत्पादन गरेको परीक्षण सफल भएपछि त्यसको जानकारी औषधि व्यवस्था विभागलाई गराएको  र थर्ड पार्टी परीक्षणका लागि अन्यत्र पठाइएको एभरेष्ट प्यारेन्टेटल्सका वरिष्ठ फर्मासिस्ट विवेकसिंह महतले बताए। ‘विश्व स्वास्थ्य संगठनको नियम अनुसार विश्वसनियताका लागि थर्ड पार्टी परीक्षण गर्नुपर्छ। त्यसैले हामीले मान्यताप्राप्त ल्यावमा पठाएका छौ। हाम्रो परीक्षण सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौ’, महतले भने,’परीक्षण सफल भएपछि हामीले दैनिक १५ हजार भिटीएम किट उत्पादन गर्न सक्छौ। त्यसपछि नेपालले बाहिरबाट किट ल्याउनुपर्दैन।’