धनगढी वैशाख १(ई-रैवार)
कैलालीमा थप एकजना महिलामा नोवेल कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भेटिएको छ । लम्कीचुहा नगरपालिका-१ की एक ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएको थियो । तर उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा थ्रोट स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।
उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेको बताए। यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या चार पुग्दा सुदूरपश्चिममा पाँच जना पुगेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
कैलालीकी ६० वर्षिया वृद्धामा कोरोना


