डोटी चैत्र २०(ई-रैवार)
जस्तै दिनहरु बित्दैछन्, त्यसैगरी बोगटान फुड्सील गाउँपालिका–७ का वुद्धीसिँह विष्टको मनको बोझ कमहुदै गएको छ । चैतको पहिलो सातादेखी भारतमा रहेका नेपाली धमाधम गाउँ पुग्नथाले । अरुबेला यसरी भारतबाट आफन्त आउन खुशीहुने उनको मन यसपटक भने चिन्ताले भरिदै गयो ।
‘भारतका हाम्रा दाजुभाई कामगर्ने सहरमा कोरोना भएको खबर सुन्दैथियौ,’ उनले आफ्नो मनोभाव सुनाउदै भने,‘यस्तोमा उनीहरुसंगै कोरोना गाउँमा पुग्छ की ! भन्ने डर थियो ।’ अहिले यस्तो डर विस्तारै सेलाउँदै गएको उनी सुनाउछन् । ‘बढीमा १४÷१५मा संक्रमण देखिईहाल्छ भन्ने सुनिन्छ । दिनहरु पनि अब करिब–करिब त्यती नै पुग्नथाले । अहिलेसम्म समस्या देखिएको छैन्,’ उनले सुनाए ।
शिखर नगरपालिकाले वडा नम्बर–१० वानेडुग्रीसैनमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा भारतबाट आएका स्थानीयलाई ‘क्वारेन्टाईन’मा राख्न खोज्दा स्थानीयले सुरुमा अवरोध गरेका थिए । ‘गाउँ नजिकै रहेको विद्यालयमा भारतबाट आएकाहरुसंग कोभिड–१९ आएको हुनसक्ने र त्यसले जोखिम बढाउने भन्दै’ त्रसित स्थानीयले अवरोध गरेका थिए । यद्यपी पछि राखियो । दिनहरु वित्दैगएपछि त्यहाँका स्थानीयहरुमा उत्पन्न त्रास कम भएको छ ।
विश्वव्यापी महामारी निम्त्याईरहेको नोवेल कोरोनाभाईरस(कोभिड–१९)को प्रभाव देखिनथालेसंगै भारतले चैतको पहिलोसातादेखी होटल, कलकारखाना बजार बन्द गर्न शुरुगरेको थियो । त्यसपछि त्यहाँ काम गर्ने नेपालीहरु धमाधम घर फर्कनथालेका थिए । यसरी फर्कनेहरुसंगै कोरोना आउने त्रास गाउँगाउँमा बढेको थियो÷ छ । एकै गाउँका सयौ युवा भारतमा काम गर्छन् । तीमध्ये अधिकांश अहिले गाउँ पुगेका छन् । उनीहरुको उपस्थिती जिल्लाका गाउँमा बाक्लो छ । यद्यपी करिब दुईसात बित्नैलाग्दा उनीहरुमा संक्रमणको प्रभाव देखिएको छैन् । जसले जनस्तरमा भारतबाट आएका आफन्तसँगको त्रास घट्दै गएको हो ।
जनस्तरमा मात्रै होईन्, दिनप्रतिदिन सरोकारवालाहरुमा भारतबाट आउने नेपालीहरुसंगको त्रास घट्दै पनि घट्दै जानथालेको छ । ‘हामीलाई मुख्य चुनौती भनेकै भारतबाट आउने नेपालीहरु थिए र हुन्,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन्,‘अगाडी आउनेहरुको करिब–करिब ‘ईक्यूवेशन पिरियड’(१४) दिन पार हुदैछ । पछि आउने चारसयजति क्वारेन्टाईनमा छन् ।’
शंकास्पद बिरामीको आउने दरपनि निकै कम छ । जिल्ला अस्पताल डोटीमा हालसम्म चारजना विरामी कोभिड–१९ को आशंकामा भर्र्ना भएका छन् । जनमध्ये तीनजनाको स्वाब परिक्षणमा ‘नेगेटिभ’ नतिजा आईसकेको छ । एकजनाको आउन बाँकी छ । उनी जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् ।
यसबाहेक जिल्लाका अन्य क्षेत्रमा र क्वारेन्टाईनमा हालसम्म कुनैपनि आशंकाको खबर छैन् । ‘गाउँबस्ती र क्वारेन्टाईनमा थप एकहप्ता नदेखिए र थप आउनेहरुलाई निगरानीमा राख्नसके तत्काल ठुलो जोखिम उत्पन्न नहोला,’ प्रमुख मलासीले भने । निगरानीका लागि स्थानीय तह, महिला स्वास्थ्य स्वयम सेविकासम्मको स्वास्थ्य संयन्त्र सबै चनाखो भएर जुटेको उनले बताए ।
‘लकडाउन’का दशदिन बित्दैजाँदा समस्या नदेखिएपछि जोखिम व्यवस्थापन सहज महशुस भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘गाउँघरमा पनि खास्सै समस्या देखिएको छैन्, क्वारेन्टाईनमा पनि हालसम्म देखिएन् । यसले हामीलाई सहज महशुस गराएको छ ।’ अझै केहीदिन सबैले संयमता अपनाए जोखिम नरहने उनले बताए ।
भारतबाट फर्केका आफन्तसँग कोरोनाको त्रास घट्दै


