काठमाण्डौ फागुन १८ (ईरैवार)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो।
कार्यक्रममा मनतव्य सक्नै लाग्दा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्। दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरिए पनि लागेन।
जसले सशस्त्र संघर्षमा बुबा गुमाएका थिए
जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ ।
उनका बुबा ०५६र५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।
उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।


