वैशाख २ , काठमाडौं । नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।
खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ । केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको छ ।


