धनगढी मंसिर १८(ई-रैवार)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । देशभरीमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एकहजार पाँच सय ५१ पुगेको छ ।
२४ घण्टाको अवधीमा एकहजार तीनसय ४३ कोरोना संक्रमित थपिएका छन् । बिहीबार नौ हजार दुई सय ८९ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
योसंगै कोरोना संक्रमितको संख्या दुईलाख ३७ हजार पाँच सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा दुईहजार एकसय ११ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म दुईलाख २० हजार दुईसय ७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार सात सय ६६ पुगेको छ ।
देशभरीमा २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु, थप १३४३ मा संक्रमण


