नेकपाको सचिवालय बैठक जारी

नेकपाको सचिवालय बैठक जारी
Spread the love

काठमाण्डौँ मंसिर १३(ई-रैवार)
बालुवाटारमा सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बैठक सवा १ बजेदेखि सुरू भएको बैठक अहिले पनि जारी नै छ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रतिवेदन पेश गर्नेछन्। त्यसमा केहीअघि अध्यक्ष दाहालले लगाएका आरोपसहितका जवाफ ओलीले दिने बुझिएको छ।
ओलीले दिने जवाफले नेकपा कुन दिशातर्फ जाने हो भन्ने निर्क्यौल पनि हुन सक्ने छ।
नेकपाको ९ सदस्यीय सचिवालयमा दाहाल पक्षको बहुमत छ।