‘ए’ डिभिजन लिग : सातौं चरणका खेल आजदेखि, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

Spread the love

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को सातौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछन् । त्यस अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् ।

 पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११ औं स्थानमा छ । उपाधि होडमा रहेको आर्मीको भने ६ खेलमा १० अंक रहेको छ र चौथो स्थानमा छ ।

आजै ४:४५ बजे सुरु हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । उता जारी लिगको एक मात्र जितविहिन टिम फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर पुछारमा छ र रेलिगेसन क्षेत्रबा६ उम्किन संघर्ष गरिरहेको छ ।