नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ७२ डिस्चार्ज

नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ७२ डिस्चार्ज
Spread the love

काठमाडौं, भदौ २६ (ई-रैवार) 

नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १० हजार ७ सय १ जनाको परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ६ सय ९६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ६ सय २० जना काठमाडौंका छन् भने ललितपुर र भक्तपुरका ३८/३८ जना छन् ।

यस्तै रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ७२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २ सय ९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५ जना रहेका छन् ।