डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

डोटी, भदौ २१ (ई-रैवार)

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय १ जनाको कोरोना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले ७ पुरुष र ४ महिला गरी थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन । उनका अनुसार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सबै ११ जना अछामको तुर्माखाँद गाउँपालिका रहेका छन ।