काठमाडौं, भदौ १४ (ई-रैवार)
एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । स्याङ्जामा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख (एसपी) होविन्द्र बोगटीले दुर्घटनामा चापाकोट– ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको जानकारी दिएका छन । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चापाकोट– ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरी जानकारी दिएको छ ।
दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो । काठमाडौंबाट चापाकोट–९ निवासी ३ जनालाई लिएर जिल्ला फर्किँदै गर्दा सो एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


