वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
Spread the love

 

वीरगन्ज, भदौ १३ (ई-रैवार)

वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जानकारी दिएका छन ।

प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै वीरगन्ज– १२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए । उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ।

यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन् । मृतक तीन जनाकै शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिएका छन ।