पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो
Spread the love

धनगढी, श्रावण ३  (ई-रैवार)

पछिल्लो २४ घन्टामा नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका २, तेह्रथुमका २, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, मोरङका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका र मोरङका १्१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाहीका २, नुवाकोटका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङ र पर्वतका १र१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २, पाल्पाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १ र रुकुम पश्चिमका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरा २, बझाङका २ र डोटीका ७ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका १३ जना र कन्चनपुरका १ जना गरी आज जम्मा ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। शनिबार थप १ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो सहित नेपालमा हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन ।

क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना रहेका छन भने आइसोलेसनामा ५ हजार ८ सय २५ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ।