धनगढी, असार ३१ (ई-रैवार)
सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा सात जना महिला र १२ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सवैभन्दा वढी कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना रहेका छन । त्यसमा एक महिना सहित १० पुरुष रहेका छन । त्यसैगरी कैलालीको टीकापुरका एकै वडाका ४ जना महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवै जना टीकापुर वडा नम्बर १ का वासिन्दा हुन ।
पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २ सय ३६ नमुनामध्ये अछामको चौरपाटीका दुई जना महिला र साफेवगरका दुई जना पुरुष रहेका छन । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ७५ पुगेको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।


