काठमाडौं, असार ३० (ई-रैवार)
प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोट्र्स च्यालेन्जमा नेपालले थप ३ पदक जितेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले थप २ रजत र १ कांस्य जितेका हुन ।
प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८ देखि ३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५ देखि १७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन ।
यो सहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन ।
यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५ –१७ वर्षमा रजत जितेका थिए । १० – १२ वर्षमा भिजन तामाङ र यु ९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


