संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने

संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने
Spread the love

काठमाण्डौं असार ५(ई-रैवार)

सांसदहरूले अब ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजानसक्ने भएका छन् ।

यहि असार २ गते मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै यसको मार्ग खोलेको छ ।

यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरु सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थनीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।

यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ ।