काठमाडौं पुस। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदन पारित गर्दै बन्दसत्र सकिएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरुमाथि उठेका प्रश्नको दुवै महामन्त्रीले जवाफ दिएपछि बन्दसत्र समापन गरिएको हो । उनीहरुले हलमा उठेका सुझावलाई प्रतिवेदनमा समावेश गरिने बताएका थिए ।
थापा र शर्माले सोमबार समसामयिक राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन मंगलबार बहुमतका साथ प्रतिवेदन पारित भएको छ ।


