कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै

कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै
Spread the love

काठमाडौं पुस। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले भने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।