हालै सम्पन्न भएको O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रमले सबैको मन जितेको छ। यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू, र अतिथिहरूको ठूलो योगदान रहेको छ। कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याउने सबै स्वयंसेवकहरू, अतिथिहरूलाई स्वागत र सहयोग पुर्याउने सदस्यहरू, र कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
उपस्थित सबैलाई यो कार्यक्रम अत्यन्तै सफल र स्मरणीय बनाउनेमा सहकार्यका लागि विशेष धन्यवाद दिइएको छ। अधिवेशन समारोहमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष, खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य, अनिल शर्मा खेल संयोजक, रमेश थापा सदस्य, बिस्णु पौडेल सदस्य, राम प्रसाद सापकोटा सदस्य, टार्जन ठकुरी सदस्य, अशोक कार्की सदस्य, फेसन श्रीस सदस्य, सुनिल कार्की सदस्य, र यामु जिसी सदस्य रहेका छन्।