२०८१ असार १९, काठमाडौँ । बुधबार बिहान ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भयो । बैठक सुरु भएसँगै महामन्त्री डा. ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने माग गरे ।
केन्द्रीय सदस्य शिशिर खनालका अनुसार सभापति रवि लामिछानेले महामन्त्री ढकालको बैठक लाइभ गर्ने माग ‘फ्लोर’मा निर्णयका लागि पठाए । ‘महामन्त्रीको बैठक लाइभ गर्न अनुरोध छ । लाइभ गर्ने कि नगर्ने रु मेरा लागि चाहिँ लाइभ गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ । अहिलेसम्म बैठक लाइभ गरिएको थिएन । यसबारे फ्लोरको ओपिनियन के छ रु त्यही अनुसार अगाडि बढौँ भन्नु भयो,
केन्द्रीय सदस्य खनालका अनुसार त्यसपछि सभापति लामिछानेले बैठक लाइभ गर्नेरनगर्नेबारे फ्लोरबाट हात उठाएर भोटिङ गर्न लगाए । बैठक लाइभ गर्ने पक्षमा एउटा पनि हात उठेन । सभापति लामिछाने त्यसपछि बैठक लाइभ नगरी अगाडि बढ्न खोजे ।
महामन्त्री ढकालले आफ्नो वाक स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको भन्दै मुखमा टेप लगाएर बस्ने । लगत्तै उनी बाहिर गएर टेप लगाएर बैठक हलमा प्रवेश गरे । त्यो बिचमा १०–१५ मिनेट बैठक स्थगित भयो ।