सुदूरपश्चिम प्रदेशमा थप ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी : सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार एक हजार २७५ जना मध्ये १ हजार ३ जनाको पीसीआरमार्फत र २ सय ४२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५४ जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो।